Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता

मंगलबार, साउन १, २०८१

काँक्रेविहार (सुर्खेत) -रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीन जना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार  आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्की पुरिएका र   ४० वर्षीया डिल्लीबहादुर  बुढाथोकी बेपत्ता भएको जानकारी दिए । 

  उनले बाढीले घर बगाउँदा  १० वर्षीया विजय सार्की,  २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन,  चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका  बताए । 


नगरप्रमुख केसीले भने, “ खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् । ” 


 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्