Nic Ad Nic Ad
Nic Ad Nic Ad

समाजवादी मोर्चाको बैठक बस्दै

मंगलबार, साउन १, २०८१

काठमाडौँ - समाजवादी मोर्चाको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।


समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्