Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पले बनाए जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

मंगलबार, साउन १, २०८१

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा उपराष्ट्रपतिका उम्मेदवारको घोषणा गरेका हुन् । भान्स ट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने।


ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो सङ्ख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहेका थिए ।


 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्