Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल पुगेर रविले लिए खोज तथा उद्धारबारे जानकारी

मंगलबार, साउन १, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं निवर्तमान गृहमन्त्री रवि लामिछाने दुईवटा बस दुर्घटना भएको स्थान नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पुगेका छन् ।

आज उनी त्यहाँ पुगेर घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ । उनले घटनास्थलको अवलोकन पनि गरेका थिए ।उनी गृहमन्त्री हुँदा घटनाप्रति जिम्मेवार नभएको भन्दै आलोचना भएको थियो । गत शुक्रबार लेदोसहितको पहिरोले दुई बसलाई बगाएको थियो ।

काठमाडौँबाट गौर जाँदै गरेको एञ्जल यातायातको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार थिए।

गणपति डिलक्सका ३ यात्रुले भने त्रिशूलीमा खसेको बसबाट पौडिएर ज्यान बचाएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्