Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन मेडिकल कलेजमा पुनः सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

मंगलबार, साउन १, २०८१

काठमाडौँ- चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।

अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी मंगलबारदेखि स्वास्थ्य बीमामार्फत् उपचार सेवा सुरु गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले ५ बर्षसम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम बीचमा दुई वर्ष रोकिएपछि पुनः सञ्चालन गरेको बताए ।

स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ ।

सोही अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले सीएमसीमा उपचार गर्दा २० प्रतिशत खर्च आफैँ व्यहोर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध भएको जानकारी दिए ।

कलेजले गत आर्थिक वर्षमा मात्रै ५ करोड ६१ लाख ८ हजार ४१३ रुपैयाँ बराबरको उपचार निःशुल्क गरेको दाबी गरेको छ । विपन्न, असहाय र गरिबलाई उपचारमा छुट गरिएको कलेजले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्