Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ

मंगलबार, साउन १, २०८१

काठमाडौं– गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको वेबसाइटमा अभियोगको दाबी नपुग्ने उल्लेख गरिएको छ । 

गत चैत ४० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यसबेला उनी कामका दौरान विदेशमा थिए । 

विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्