Nic Ad Nic Ad
Nic Ad Nic Ad

बोराभित्र बेवारिस भेटियो २० किलोग्राम चरेस

मंगलबार, साउन १, २०८१

पर्सा- पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ देउरियामा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब २० किलोग्राम लागु औषध चरेस सोमबार राति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको हो । उक्त चरेस र त्यसको ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्