Nic Ad Nic Ad
Nic Ad Nic Ad

भेटघाटमा सक्रिय भारतीय राजदूत, उपप्रधानमन्त्री सिंहपछि परराष्ट्रमन्त्री राणासँग संवाद

मंगलबार, साउन १, २०८१

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भेटघाटमा सक्रिय भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले पूर्णता पाएलगत्तै उनले मंगलबार दुईजना मन्त्रीलाई भेटे ।

सुरुमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरेका उनले त्यसपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि संवाद गरेका छन् ।

मन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तवको टोली सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको थियो ।

भेटमा राजदूत श्रीवास्तवले मन्त्री देउवालाई सफल कार्यकालको शुभकामनासँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास दिलाए ।

मन्त्री देउवालाई पदभार ग्रहण गरेकै दिन सोमबार नै भारतीय विदेशमन्त्री डा. एश. जयशंकरले बधाई दिइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्