Nic Ad Nic Ad
Nic Ad Nic Ad

२ वर्षपछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

मंगलबार, साउन १, २०८१

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २३०० को विन्दुमाथि पुगेको छ । लगातार बढिरहेको नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो ।

यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो । मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र मंदाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । जहाँ यी कम्पनीहरूको सेयरमूल्यमा पोजेटिभ सर्किटसमेत लागेको छ ।

कारोबारका आधारमा ङादी पावर ग्रुप लिमिटेड २१ करोड ७७ लाख ४९ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्