Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिया कपअघि नेपालको विजयी सुरुवात

मंगलबार, साउन १, २०८१

काठमाडौँ- श्रीलंकामा हुने एसीसी महिला एसिया कपको तयारीमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा श्रीलंकाको एसएल डेभलवमेन्ट टीमलाई २ रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको डेभलवमेन्ट टिम ११० रनमा रोकिन पुग्यो । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३७ र विन्दु रावलले २० रन बनाएका थिए ।

यसअघि भएका दुवै खेलमा नेपाल एसएल डेभलवमेन्ट टिमसँग पराजित भएको थियो । डेभलवमेन्टले पहिलो खेल ३३ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो । शुक्रबारदेखिसुरु हुने महिला एसिया कपमा नेपालले पहिलो खेल युएईसँग खेल्नेछ । दोस्रो खेल पाकिस्तान र तेस्रो खेल भारतसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्