Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी छानबिन समितिद्वारा पूर्व सचिवसँग छलफल

मंगलबार, साउन १, २०८१

काठमाडौँ -सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।

समितिले पूर्व महालेखापरीक्षक तथा पूर्व रजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको हो ।


‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानुनी एवं व्यवहारिक अभ्यास र अनुभवको सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ’,सभापति सूर्य थापाको भनाइ छ ।


 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्