Nic Ad Nic Ad
Nic Ad Nic Ad

अबदेखि २५ हजारभन्दा धेरै पारिश्रमिक बैंक खाताबाट मात्रै भुक्तानी गर्नुपर्ने

मंगलबार, साउन १, २०८१

काठमाडौं – अबदेखि २५ हजारभन्दा बढी पारिश्रमिक बापतकाे रकम बैंकमार्फत् भुक्तानी गर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक २०८१ मार्फत् यस्तो व्यवस्था गरेको हो । सरकारले आर्थिक विधेयक २०८१ मार्फत् कर प्रशासनका क्रममा विभिन्न व्यवस्था लागू गरेको छ। जसअन्तर्गत पारिश्रमिक भुक्तानी पनि बैंकबाट गर्न कडाइ गरेको छ ।

विधेयकमा मासिक रूपमा २५ हजारभन्दा बढीको पारिश्रमिक रकम बैंकमार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको हाे। यसको अर्थ २५ हजारभन्दा बढी पारिश्रमिक लिने कर्मचारी तथा श्रमिकलाई नगदै भुक्तानी गर्न पाइने छैन। त्यस्तै, अब व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ।

आर्थिक ऐनमा भनिएकाे छ, ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन’।


 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्