Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाबाट फर्केर फेरि राप्रपामा सक्रिय भइन् रेखा थापा

मंगलबार, साउन १, २०८१

काठमाडौँ -अभिनेत्री रेखा थापा ६ महिनाको अन्तरालपछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमै सक्रिय बनेकी छन् । उनी बच्चा जन्माउन अमेरिका गएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसित मनमुटाव भएको थियो ।

रेखा ६ दिन अगाडि राप्रपाको आन्दोलन परिचालन कमिटीको बैठकमा सहभागी भएको बताइएको छ । उनले राप्रपा अध्यक्षप्रति आफ्नो समर्थन जनाएकी थिइन् ।

अध्यक्ष लिङदेनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी रेखाले कुन्ती शाहीसँग पराजय व्यहोरेकी थिइन् । पार्टीभित्र दुई गुट हुँदा उनले अध्यक्षलाई नै साथ दिँदै आइन् । तर, पार्टीलाई जानकारी नदिईकन अमेरिका गएपछि अध्यक्ष लिङदेनले उनीप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्