Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस-एमालेको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको समाजवादी मोर्चाको निष्कर्ष

मंगलबार, साउन १, २०८१

काठमाडौँ- समाजवादी मोर्चाले काँग्रेस-एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ । 

एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो । 

‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ । यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ । यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ ।’

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्