Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

बुधबार, साउन २, २०८१

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।


यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताकाे अवस्था र यस सम्बन्धमा मधेशी आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा  बस्नेछ । बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका सम्बन्धमा छलफल हुने बताइएको छ ।


 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्