Nic Ad Nic Ad
Nic Ad Nic Ad

थाइल्यान्डको राजधानी बैङ्ककको एक होटलमा छ जना विदेशीको शव फेला

बुधबार, साउन २, २०८१

एजेन्सी -  थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको एक होटलमा छ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा थाभिसिनले पत्रकार सम्मेलन गरेर यो घटना चोरीसँग सम्बन्धित र गोलाबारी हुँदा भएको भन्ने हल्ला निराधार रहेको बीबीसीले जनाएको छ । उनले शव परिक्षण गरेर मात्र घटनाबारे थप जानकारी हुने भन्दै प्रहरीलाई शव परीक्षण गर्न निर्देशन दिएका छन्  ।

प्रधानमन्त्री थाभिसिनकाअनुसार मृतक छ जना भियतनामी नागरिक रहेकामा उनीहरुको हत्यामा अर्का एकजना भियतनामी नागरिक नै संलग्न रहेको हुनसक्ने अनुमान छ । बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत नपाइएकोले सबैले विषाक्त पदार्थ खाएको हुनसक्ने अनुमान  छ।


 

प्रतिक्रिया दिनुहोस्