Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

बुधबार, साउन २, २०८१

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन् ।

सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको बागमती प्रदेशसभामा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।


सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

संघमा माओवादीसँगको गठबन्धन छोडेर एमालेले कांग्रेससँग नयाँ समीकरण बनाएपछि यसको प्रभाव प्रदेशमा पनि परेको हो ।


मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

२०७९ साल पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्