Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्ट्रेलियाद्वारा चीनमाथि साइबर आक्रमणको आरोप

बुधबार, साउन २, २०८१

काठमाडौँ– अस्ट्रेलियाले चीनमाथि साइबर आक्रमणको आरोप लगाएको छ । अस्ट्रेलियाको रक्षा मन्त्रालय र विदेश मन्त्रालयले चीनमाथि आफ्नो मुलुकको कम्युटर सञ्जाललाई लक्षित गरी साइबर हमला गरेको आरोप लगाएका हुन् ।

उक्त हमलामा एपीटी ४० नामक समूह र चीनको राज्य सुरक्षा मन्त्रालयको संलग्नता रहेको अस्ट्रेलियन पक्षको भनाइ छ ।

त्यसअघि छिमेकी न्यूजिल्याण्डले पनि संसदीय कार्यालयमा भएको साइबर आक्रमणमा उक्त ह्याकर समूहको हात रहेको आरोप लगाएको थियो ।


मुलुकको सूचना निर्देशनालायले गरेको सूक्ष्म अध्ययनका आधारमा साइबर हमलामा एटीपी ४० समूहको संलग्नता रहेको निष्कर्ष निकालिएको अस्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको सिड्नी मर्निङ हेराल्ड अखबारले जनाएको छ ।

आफ्ना नागरिक तथा व्यवसायिक संस्थाका साइबरस्पेसको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको त्यहाँका रक्षामन्त्री रिचर्ड मार्लेसले जनाएका छन् ।


 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्