Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक सञ्जाल एक्समा मोदीका १० करोड फलोअर्स, विश्वका नेतामा नयाँ रेकर्ड

बुधबार, साउन २, २०८१

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल एक्समा १० करोड बढी फलोअर्स भएका छन् ।

अहिलेसम्म उक्त सञ्जालमा विश्वका कुनै पनि नेताको यति धेरै फलोअर्स पुगेका छैनन् । विश्वका नेतामा मोदीको यो फलोअर्स संख्या विश्व कीर्तिमान हो । सन् २००९ देखि एक्समा जोडिएका मोदीलाई पछिल्लो तीन वर्षमा मात्रै तीन करोड मानिसले फलो गरेका छन् ।

उनी दोस्रो स्थानमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन भन्दा धेरै अगाडि छन् । बाइडेनका ३ करोड ८० लाख फलोअर्स छन् । यस्तै, तेस्रो नम्बरमा टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानका २ करोड १५ लाख फलोअर्स रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्