Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन

बुधबार, साउन २, २०८१

पेरिस - नेपालमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन) शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ ।

सानो हिमाली गणतन्त्रमा हालै १५ वर्षमा १४औँ  प्रधानमन्त्री नियुक्त भएको जनाएको छ । राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले सबैभन्दा उच्च स्थान पाएको जनाउँदै ७२ वर्षीय नयाँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गएको मंगलबार २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ लिएको जनाएको छ ।

उनी सन् १९९० मा संसदीय व्यवस्था पुन:स्थापना भएपछिको ३०औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ । हरेक वर्ष जस्तो नयाँ प्रधानमन्त्री हुने गरेको सो पत्रिकाले उल्लेख गरेको छ ।

सन् २०२२ को तथ्यांकअनुसार फ्रान्समा अपराह्नकालीनले मोन्डेको सर्कुलेसन औसतमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार प्रति बिक्री हुने जनाइएको छ । ले मोन्डे

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्