Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेपत्ता यात्रु र बस खोज्न हात्ती सहितको टिम परिचालन

बुधबार, साउन २, २०८१

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता दुई वटा डिलक्स बस र यात्रु खोज्न हात्ती सहितको टिम परिचालन गरिएको छ ।

नारायणी नदी किनारमा हात्ती सहितको टिम परिचालन गरेर खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ । हात्तीलाई परिचालन गरेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नदी किनारमा खोजी भइरहेको छ ।नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित ब्यारेज पुल, मध्यबिन्दु नगरपालिका-२ स्थित भुताहा र गैँडाकोट नगरपालिका लगायतका ठाउँमा १५ जनाको शव फेला परेको छ । अहिलेसम्म १८ जनाको शव भेटिएको र ७ जनाको सनाखत गर्ने प्रयास भइरहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलसहित नवलपरासी पूर्वका सुरक्षा प्रमुखहरू खोजमा निस्किएका छन् । खोजीमा सेनाको डुङ्गा र निजी डुङ्गाहरू पनि प्रयोग गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्