Nic Ad Nic Ad
Nic Ad Nic Ad

शव भेट्न मुस्किल भेटिएपनि सनाखत गर्न कठिन : चितवन सिडिओ

बुधबार, साउन २, २०८१

काठमाडौं- सिमलताल पहिरोको शव सजिलै भेट्ने अवस्थामा नरहेको जिल्ला प्रशान कार्यालय चितवनका प्रमुख (सिडिओ) इन्द्रदेव यादवले बताएका छन । दुर्घटनाको अध्ययन गर्न चितवन आएको नेपाल सरकारबाट गठित समिति लाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले भने - सजिलै शव भेट्ने अवस्था छैन, धेरै दिन भएकाले अब शव भेटिएपनि सनाखत हुन कठिन छ । उनका अनुसार भेटिएका शबहरु गलन थालेका छन ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस २८ असारमा चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए ।

चितवन प्रशसनका अनुसार अहिले सम्म १८ शव फेला परेको छ । तीमध्ये १० जनाको मात्र सनाखत भएको चितवनका सिडिओ यादवले बताए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्