Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

बुधबार, साउन २, २०८१

काठमाडौं- सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने संसदीय व्यवस्था छ ।

बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसकेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्