Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतका लागि नेपालका राजदूत शंकर शर्मा नयाँ दिल्लीमा ग्रिन सिग्नल कुर्दै

बुधबार, साउन २, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले फिर्ता बोलाएका राजदूत मध्यका शंकर शर्मा सत्ता समीकरण बदलेर नयाँ सरकार बनेसँगै रोकिएका छन्। 

काठमाडौं आउन लागेका भारतका लागि नेपालका राजदूत शर्मा नेपाली कांग्रेसको कोटामा पर्ने भएकाले नयाँ दिल्लीमा रोकिएका हुन्। अझ कांग्रेसले नै परराष्ट्र मन्त्रालय चलाएका कारणले शर्मालाई सहज हुने भएको हो। कांग्रेस नेत्री डा. आरजु राणा परराष्ट्रमन्त्री छिन्। 

शर्मासहित १२ राजदूत फिर्ता बोलाएर तत्कालिन सत्ता गठबन्धनमा रहेका एमाले र रास्वपासहित माओवादी कोटामा अन्यको सिफारिस गरिएको थियो। समीकरण फेरिएपछि उक्त निर्णय पनि अन्यौलमा पर्ने बुझिएको छ। 

अहिलेको सरकारले माओवादी कोटामा राजदूत बनेकालाई भने फिर्ता बोलाउनेछ भने एमाले कोटालाई सम्बन्धित मुलुकमा पठाउन सक्ने बताइएको छ।
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्