नेभिगेशन
राजनीति

नेपालका लागि भारतका पूर्वराजदूत रायको दाबीः केपी ओली शक्तिशाली भएर उदाए

काठमाडौं– नेपालका लागि भारतका पूर्वराजदूत रणजीत रायले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शक्तिशाली नेताका रुपमा उदाएको दाबी गरेका छन्। 

इकोनोमिक टाइम्समा एउटा आलेखमार्फत उनले यस्तो दाबी गरेका हुन्। अहिलेको सत्ता समीकरणका विषयमा उनले विभिन्न टिप्पणी र घटनाक्रमको पनि ब्याख्या गरेका छन्। 

राय लेख्छन्,‘भारतले नेपालका हरेक सरकारसँग राजनीतिक रङ जस्तोसुकै भए पनि सुमधुर सम्बन्ध कायम गर्नुपर्छ। तर, विगतमा प्रधानमन्त्री ओलीसँग काम गर्दाको हाम्रो अनुभव त्यति सन्तोषजनक रहेन। ओलीले नेपालमा आफ्नो स्थानलाई बलियो बनाउन भारत विरोधी राष्ट्रवादलाई प्रभावकारी रूपमा प्रयोग गरेका छन्।’ 

राय नेपालको राजदूत भएका बेला नयाँ संविधान जारी भयो भने भारतले नाकाबन्दी लगाएको थियो। त्यसबेला प्रधानमन्त्री रहेका ओलीले भारतको कडा बिरोध गरेका थिए। 

राय अगाडि लेख्छन्,‘विभिन्न व्यापार, पारवहन र कनेक्टिभिटी सम्झौतामार्फत चीन जाने जस्ता ठूला घटनाक्रम ओलीको अघिल्लो सरकारको समयमा भएका थिए; भारतसँगको सीमा विवाद पनि उत्कर्षमा पुगेको छ।’

सोही बेला ओलीले चीनसँगको नाका खुलाउनका लागि सम्झौता गरेका थिए। तर भारत त्यसबाट रुष्ट भएको थियो। 

अहिलेको समीकरण बनेपछि रायको धारणा छ,‘सबै वाम गठबन्धनभन्दा नेपाली कांग्रेससहितको गठबन्धन उपयुक्त हुन्छ। एकल सबैभन्दा ठूलो पार्टीका रूपमा कांग्रेसले ओलीको केही निरंकुश आवेग र एकपक्षीय निर्णय तोड्न सक्नुपर्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति