नेभिगेशन
राजनीति

रमेश बडाल महान्यायाधीवक्तामा नियुक्त

काठमाडौं– सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधीवक्तामा रमेश बडाल नियुक्त भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधीवक्ता नियुक्त गरेका हुन्। 

ओली प्रधानमन्त्री नियुक्त भएपछि दिनबन्धु पोखरेलले सोमबार मात्र राजीनामा दिएका थिए। मंगलबार बडाललाई नियुक्त गरिएको हो। 

scan_20240717_rj6XHmTwEb-1721212142.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति