Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले जित्यो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

बुधबार, साउन २, २०८१

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको छ।

नेपाल यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको थियो। आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ ।

आफ्नो एसोसियट सदस्यले क्रिकेटको विकाशमा हात पारेको सफलताका आधारमा यी अवार्डहरु आईसीसीले दिने गरेको छ ।

‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई, ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्