Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारद्वारा ४४ जना रङ्गेहात पक्राउ

बुधबार, साउन २, २०८१

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो १२ महिनामा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै करिब साढे २६ हजार उजुरी दर्ता भएका छन् ।

आयोगका अनुसार यो अवधिमा २६ हजार ५ सय २२ उजुरी दर्ता भएका छन् । अघिल्लो वर्ष फर्छ्योट हुन बाँकी ९ हजार २ सय ६८ उजुरी थिए ।यो वर्ष कुल ३५ हजार ७ सय ९० उजुरीमध्ये २७ हजार ३ सय ७५ उजुरी फर्छ्योट भएको अख्तियारले जनाएको छ । पछिल्लो एक वर्षमा रङ्गेहात पक्राउका ३२ घटनामा ४४ जना पक्राउ परेको र तीमध्ये ३२ जना राष्ट्र सेवक कर्मचारी भएको अख्तियारको तथ्यांक छ ।

यस्तै यो अवधिमा गैह्र कानूनी लाभ हानीमा ५८, घुस रिसवतमा ४८, नक्कली शैक्षिक प्रमाणपत्रमा ३४, सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ३४, राजस्व चुहावटमा १३, गैह्र कानुनी सम्पत्ति आर्जनमा ११ र विविधतर्फ ३ सहित कुल २ सय १ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

यी मुद्दामा कुल एक हजार ५ सय २० जनालाई प्रतिवादी बनाइएको छ। त्यसमा राष्ट्र सेवक कर्मचारी ५ सय २४, निर्वाचित जनप्रतिनिधिहरू एक सय १ र मनोनीत पदाधिकारीहरू एक सय ८१ जना छन्।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्