Nic Ad Nic Ad
Nic Ad Nic Ad

साइकल प्रवर्धनको लागि नेपालकै ठुलो साइकलजात्रा कोरा २०२४ आयोजना हुने

बुधबार, साउन २, २०८१

काठमाडाैं -साउन ५ गते देशकै ठुलो साइकल जात्रा“कोरा २०२४“ को १४ औं संस्करण आयोजना हुँदैछ, जहाँ करिब ४,००० साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुइलाखकिलोमिटर भन्दा बढी दुरी तय गर्नेछन्।

हरेक वर्ष जस्तै यो वर्ष पनि साइकलयात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने छ। यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ।

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकलयात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमाअन्तहुने गर्छ। साइकलयात्रीहरुले यस क्रममाआफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकको रुपमा सहभागी भएको छ।

ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जन भन्नुहुन्छ “ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागिनगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ। हामीले ललितपुरमा साइकलप्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकलयात्रीहरुलाई सहयोग गर्ने कामगरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीयप्रयासहरुसंगको सहकार्यले यस अभियानलाई थप टेवादिनेछ।”

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिकालगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यकभएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामामहिलायात्रीहरुको संख्या ३४% पुगेको थियो। ललितपुरका विभिन्न  भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिकउपचारको तालिमदिने कामपनि भैरहेको छ र यसमा स्थानीयमहिला समुहहरु र स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ।

कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो। यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, ग्क्ब्क्ष्म् स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्