Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनताका समस्या सम्बोधन हुने गरी पाँच दिनभित्र समाधानको खाका तयार गर्न निर्देशन 

बुधबार, साउन २, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।

samridhi jewllers

मन्त्री नियुक्त भएपछि पहिलो पटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रिफिङसहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।


‘सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौँ, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रूपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौँ, ‘मन्त्री पौडेलले भने।

उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नैपर्ने बताए। ‘स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो,  मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ, ’मन्त्री पौडेलले भने।
 

प्रतिक्रिया दिनुहोस्