Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको प्रचार विभागले सञ्चार मन्त्रीलाई बुझायो ३० बुँदे सुझाव

बुधबार, साउन २, २०८१

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन कामका बारेमा सुझाव दिएको छ ।

विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधबार मन्त्री गुरूङसमक्ष ३० बुँदे सुझाव दिएको हो ।


विभागले मिडिया काउन्सिल विधेयक पारित गरि मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसंचार प्राधिकरणको गठन लगायतका सुझाव दिएको छ ।


त्यस्तै श्रमजीवी पत्रकारबाट संचालित साना लगानीका स्वरोजगारमुलक संचारमाध्यमको प्रबर्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा निशुल्क उपचारको व्यबस्था लगायतका सुझावहरु पनि विभागले मन्त्री गुरुङ समक्ष पेश गरेको छ ।

सुझाव ग्रहण गर्दै गुरूङले यसलाई गम्भीरतासाथ कार्यान्वयनमा लाग्ने बताएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्