Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार, साउन ३, २०८१

काठमाडौं – आज २०८१ साल साउन ३ गते बिहीबार सन् २०२४ जुलाई १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बुधबार अमेरिकी डलर र कतारी रियालको मूल्य स्थित छ । यूरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ । बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ शून्य पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ०१ पैसा र बिक्री दर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्