Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्राविधिक प्रहरी निरीक्षक डा.श्रेष्ठलाई ७ दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - प्राविधिक प्रहरी निरीक्षक डा.पवन श्रेष्ठलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म कार्यालयको सम्पर्कमा नआएपछि स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न सात दिनको समय दिएको हो । आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख)  (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजानेछु मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्