Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभा गृह परिसर जलमग्न

बिहीबार, साउन ३, २०८१

काठमाडौँ-  गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर  जलमग्न भएको छ ।

पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको कार्यालय पनि यही भवनमा छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्