Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने

बिहीबार, साउन ३, २०८१

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो ।

एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

एन्फाले महिला लिगको सन् २०२४ देखि २०२६ सम्मका तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्