Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज सिन्धुपाल्चोकसहित यी १३ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

बिहीबार, साउन ३, २०८१

आज (बिहीबार) देशका १३ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोट, रुकुम–पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहनेकाले उच्च सावधानी आवश्यक छ। 

यसैगरी आज संखुवासभा, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव उल्लेख्य बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

 

 

बाढीबारे विस्तृत जानकारीका लागि हेर्नुहोस् तलका सूचना-

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्