Nic Ad Nic Ad
Nic Ad Nic Ad

बानेश्वरमा गुडिरहेको बसबाट जब धुँवाको मुस्लो निस्कियो

बिहीबार, साउन ३, २०८१

काठमाडौं- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँदा केही बेर जनजीवन आतंकित बन्यो ।

बानेश्वर चोकनजिकै पेट्रोल पम्पभन्दा केही अगाडिको सडकमा गुडिरहेको बसमा अचानक बाक्लो धुँवाको मुस्लो निस्किएको हो ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो ।

बुधबार बिहान पौने ११ बजेतिर धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो ।

इन्जिनबाट धुँवाको मुस्लो निस्किएपछि सडकमै रोकेर अग्निनियन्त्रक पनि बोलाइएको थियो । बसलाई प्राविधिक बोलाएर मर्मत गरिएको छ ।

नयाँ बानेश्वर बृत्तका डीएसपी शिवराज बुढाथोकी बस रोकेर मर्मत भइरहेकाले जनजीवन सामान्य रहेको बताए । उनका अनुसार बाक्लो धुँवाको मुस्लो निस्किएपछि आगो लागेर फैलिन भने पाएन ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्