Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान रहेको मध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो ।

सबैभन्दा धेरै रोपाई मधेस प्रदेश हुन्छ । यहाँ ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा जमिनमध्ये २ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।यस्तै, कोशीको २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

बाग्मती प्रदेशमा १ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ७९ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

यस्तै, गण्डकी प्रदेशमा ९६ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ६४ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयको अनुमान छ । यसमध्ये २ लाख ७हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

कर्णाली प्रदेशमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

सुदूरपश्चिममा १ लाख ७४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यहाँ करिब १ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

यो वर्ष देशभर करिब ६९ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष यो समयावधिमा ५६ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्