Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक किलो कोकिनसहित २ विदेशी पक्राउ

बिहीबार, साउन ३, २०८१

काठमाडौँ-एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो ।

इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिक अन्सारीलाई ठमेलको एक होटेलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो ।

उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्