Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशको अवस्था देखेर खुसी हुनसक्ने अवस्था छैन : प्रधानमन्त्री ओली

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था अहिले राम्रो नभएको बताएका छन् ।

इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै सरकारले देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताएका हुन् । उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्ज्वल छ । त्यसमा कुनै शंका छैन । तर, आज सन्तोष मान्न र खुसी हुने अवस्था छैन । यस अवस्थालाई हामीले बदल्नै पर्छ ।’

देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको ओलीले सुनाए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्