Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थसहित ४ मन्त्रालयको नेतृत्व गर्दै मधेश सरकारमा सहभागी हुँदै काँग्रेस

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- नेपाली काँग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी काँग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

काँग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।यसअघि काँग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो । पार्टी अध्यक्ष सिके राउतले काँग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर काँग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय काँग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्