Nic Ad Nic Ad
Nic Ad Nic Ad

७ गते सांसदहरूसँग सवाल-जवाफ गर्दै प्रधानमन्त्री ओली

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री केपी ओली र सांसदहरूबीच प्रश्नोत्तर हुने भएको छ ।

आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ । ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नोत्तर हुन लागेको हो । प्रतिनिधि सभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ ।

आजको बैठकमा प्रतिनिधि सभाको हरेक १५ दिनको कार्यतालिका बनाउने विषयमा पनि छलफल भएको पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्