Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर बजारमा उछाल, कारोबार साढे १५ अर्ब नाघ्यो

बिहीबार, साउन ३, २०८१

काठमाडौं- साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ ।

आज एकै दिन नेप्से ५९.६८ अंकले बढेर शेयर बजारमा उछाल आएको हो । बजार बढ्दा कारोबारमा पनि उछाल आएको छ । आज बिहीबार एकै दिन साढे १५ अर्बको कारोबार भएको छ ।

बिहीबार नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह एकै दिन ६.२८ प्रतिशतले बढेर १३६२.१६ विन्दुमा पुगेको छ ।

बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज साढे १५ लाखको कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१२ वटा कम्पनीको शेयर १ लाख ८४ हजार ७१२ पटक किनबेच भएको छ ।

आज ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर कारोबार हुँदा ५ वटा कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किकट लागेको छ । बिहीबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स बढ्दा जीवन बीमा समूह १४६.३१ अंकले बढेर ११ हजार ४७५.०३ विन्दुमा पुगेको छ ।

त्यस्तै, लघुवित्त १३९.४० अंकले बढेर ५१५९.९५ विन्दुमा, निर्जीवन बीमा १२३.९२ अंकले बढेर ११ हजार ९२४.३७ विन्दुमा र उत्पादन समूह ८३.१९ अंकले बढेर ७१६९.१४ विन्दुमा पुगेको छ ।

आज समूह अन्तरगतमा १३ वटा समूह मध्ये २ वटा समूहको शेयर मूल्य मात्र घटेको छ । फाइनान्स समूहको ३५.६९ अंकले घटेर २७६२.९० विन्दुमा र हाइड्रो समूह ०.२२ अंकले घटेर २९८५.२८ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्