Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्तमान सत्ता समीकरण ८४ सम्म कायम रहन्छ : विमलेन्द्र निधि

बिहीबार, साउन ३, २०८१

जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे । 

मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।’

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत थिए।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्