Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेश सरकारमा काँग्रेसका ४ मन्त्री नियुक्त

बिहीबार, साउन ३, २०८१

काठमाडाैं -मधेश सरकारमा नेपाली काँग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् ।

काँग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरूलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेका थिए । प्रदेश प्रमुख कार्यालयले उनीहरूको नियुक्ति गरेको हो ।

बिहीबार साँझ ७ बजेट उनीहरूको शपथ कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्