Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २३ गते बस्ने भएको छ ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको छलफलमा साउन २३ गते केन्द्रीय समिति बैठक बोलाउने सहमति भएको हो ।

काँग्रेस महामन्त्री गगन थापाका अनुसार केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम मूल एजेन्डा बन्ने छ ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने छ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारी भइरहेको महामन्त्री थापाले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्