Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

बिहीबार, साउन ३, २०८१

काठमाडौँ- ६ साउनमा विश्वासको मत लिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  विश्वासको मत नदिने स्पष्ट पारेको छ। 

बिहीबार काठमाडौँको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो।  राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनले ६ साउनमा प्रदेश सभा बैठक डाकेको उल्लेख गर्दै राप्रपाको संसदीय दलको बैठकले उनलाई विश्वासको मत नदिने निर्णय गरेको बताए। 

२५ पुस ०७९ मा मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई राप्रपाले समर्थन गरेको थियो भने सरकारमा समेत सहभागी भएको थियो। 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्