Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक मन्त्रालय लिएर लोसपा मधेश सरकारमा सहभागी

बिहीबार, साउन ३, २०८१

काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

बिहीबार लोसपा शिक्षा तथा संस्कृति मन्त्रालय लिएर सरकारमा जान सहमत भएको छ । लोपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएकी छन् । यसअघि यो मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाली काँग्रेसबाट चार र लोसपाबाट एक मन्त्रीको पद तथा गोपनीयताको शपथ अहिले प्रदेश प्रमुख कार्यालयमा हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्