Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सरकारबारे छलफल गर्न लुम्बिनी प्रदेश सभा बैठक आह्वान  

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकार अल्पमतमा परेपछि स्थगित भएको संसद आइबार बोलाइएको हो । मुख्यमन्त्री जोखबहादुर महराले अल्पमतमा परेपछि विश्वासको मत लिने वा राजीनामा दिने कुनै आधिकारिक निर्णय गरेका छैनन् । उनी निकट नेताहरुले नयाँ गठबन्धनबाट कुन दलले नेतृत्व लिने निश्चित भएपछि उनले राजीनामा दिने योजना बनाएका छन् ।

बिहीबारसम्म पनि कुनै औपचारिक निचोड नआएको उनको सचिवालयले जनाएको छ । आइतबार सदन चल्ने भएकाले पनि त्यो समय अगावै महराले कुनै निर्णय लिन सक्ने योजना बनाएका छन् । प्रदेशमा एमाले-काँग्रेस गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्