Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय टी-२० टीमका उपकप्तानबाट हार्दिक बर्खास्त, कसले पाए जिम्मेवारी

बिहीबार, साउन ३, २०८१

काठमाडौँ - भारतको टी-२० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवले पाएका छन् । उनले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन् ।

रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि कप्तानी खाली भएको थियो । उपकप्तान हार्दिक पाण्ड्यालाई कप्तान बनाउनुको साटो भारतीय क्रिकेट बोर्डले सूर्यकुमारलाई रोजेको हो । यसमा नवनियुक्त प्रशिक्षक गौतम गम्भीरको मुख्य हात रहेको अनुमान छ ।

हालै अमेरिका र वेस्ट इन्डिजमा भारतले टी २० विश्वकपको उपाधि जित्दा पाण्ड्या उपकप्तान थिए । तर, उनलाई अहिले उपकप्तानबाट समेत बर्खास्त गरिएको छ । पाण्ड्याको स्थानमा शुममन गिल उपकप्तान बनेका छन् । हालै भारतले जिम्बाबेविरुद्ध खेलेको टि २० सिरिजमा गिलले कप्तानी गरेका थिए ।

पाण्ड्यालाई उपकप्तानबाट हटाइए पनि टी २० टिममा भने समावेश गरिएको छ । उनी एक अलराउन्डरको भूमिकामा रहनेछन् । उनले टि २० विश्वकपमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्